
प्रायजसो म बिदा हुना साथ यात्रा गर्न रुचाउने व्यक्ति हुँ .यसै क्रममा केही समय अगाडि एक हप्ते बिदाको मौका पारेर मैले चीनको उत्तर पट्टी रहेको सुन्दर सहर तालियन घुम्न अवसर पाएको थिए .लियोनिंग प्रोविंसमा पर्ने ठूलो सहर तालियन तीन तिरै बाट समुन्द्रले घेरेको सहर हो र यो सहर उत्तर कोरिया नजिकै पर्छ .म र मेरो साथी अशेष कार्की संगै यात्राको लागि निस्केका थियौं.साथी अशेषको दाई पनि तालियनमा अवस्थित तालियन मेडिकल यूनिवर्सिटीमा चौथोँ वर्षंमा अध्य्यन गर्दै हुनुहुन्छ.वास्तवमा हामी दाईलाई नि भेटने र त्यस ठाउँमा रहेको घुम्नलायक ठाउँ पनि घुम्ने उद्देश्यले हामी त्यहा गएका थियौं .चीनमा नेपाली बिद्यार्थीहरुको संख्या उल्लेखनीय रुपमा रहेको छ .धेरै जसो बिद्यार्थीहरु यहाँ डाक्टर पढ्नको लागि आउने गर्दछन.चीनको विभिन्न ठाउँमा थुप्रै नेपाली दाजुभाईहरु छरिएर बसेका छन. यात्रा सुरु गर्ने क्रममा नजिकैको नानजिंग रेलवे बस स्टेशन बाट लगभग एघार घन्टा पछि हामी अर्को ठाउँ शानतोंग प्रोविंस पुग्यी. त्यस पछि हामी पानी जहाजको नौ घन्टाको यात्रा पछि हामी बल्ल सुन्दर सहर तालियनमा उत्र्येऊ.त्यहा पुग्दा त्यस्तै बिहानको छ बजेको थियो.त्यसपछि हामी त्यस्तै दुई घन्टा जति त्यही वरिपरी घुम्न थाल्यौं .एकछिन पछि अशेषको दाई (सुमन आचार्य )पनि आउनु भयो अनि हामी सिधै तालियन मेडिकल यूनिवर्सिटी तर्फ़ लाग्यौं.दाईको यूनिवर्सिटी मुख्य सहर बाट करीब १ घन्टा टाढा रहेछ .त्यहा डाक्टर पढ्ने नेपालीको संख्या सबै गरेर क़रीब पच्चीसको हाराहारिमा थियो .त्यो यूनिवर्सिटीमाँ डाक्टर पढ्न भारत,पाकिस्तान माल्दीव्स. श्रीलंका ,कोरिया,जापान तथा अफ्रिका महादेशका थुप्रै देशहरु बाट बिद्यार्थीहरु आउदो रहेछन .बिशेष गरी भारत र पाकिस्तान बाट आउने बिद्यार्थीहरुको संख्या बाक्लो रुपमा रहेको थियो .त्यसपछि हामीले त्यहा नेपाली दाईदिदीहरु संग त्यस ठाउँको,पढ़ाईको,लगायत अन्य थुप्रै कुराको बारेमा गफगाफ गर्यौ .त्यहा नेपालीहरु सबै जना मिलेर बसेको देखेर खुसी लाग्यो.हामी दाईहरुको यूनिवर्सिटी वरिपरी घुम्न गयौं.दाईहरुको त पढ्ने कक्षाको अगाडि नै समुन्द्री बिच रहेछ .ठुलो समुन्द्री बिच देख्दा मनमनै सोचे हाम्रो यूनिवर्सिटीमा नि यस्तो बिच भई दिएको भए कति रमाइलो हुन्थ्यो होला .हामी गएको सोही दिन यूनिवर्सिटीको समुन्द्री बिचमा इंडियनहरुले आयोजना गरेको बिच पार्टीमा सहभागी हुने अवसर पायौं .त्यस पार्टी मा चाइनीज देखि लिएर इंडियन ,कोरियन, श्रीलंकन ,पाकिस्तानी ,अफ़्रिकन, रसियनहरुको उपस्थिति थियो .बिचमा प्रायजसो सबै जना बियर को चुस्की संगै डान्स गर्दै मजा लिईरहेका थिए .हामी पनि एकछिन त्यहाको रमझममा रमाईरहेका थियौं.लगभग एक हप्ते बसाईको क्रममा हामीले घुमेको ठाउँहरुमा सिंघई बिच ,एशियाकै ठूलो स्क्वायरको सूचीमा पर्ने सिंघई स्क्वायर ,सर्प म्यूज़ियम ,गोल्डन पेबल बिच ,ओरनामेंटल कोलुमं स्क्वायर,लु शुन आदि हुन.खास हाम्रो त्यहा बंजी जम्पिंग गर्ने सोच थियो तर हामी जाडो सुरु हुने मौसममा गएको हुनाले बन्दका कारण बंजी जम्पिंग गर्ने अवसर पाएनौँ .हामीले चीनले रुस सँग मिलेर जापान सँग लडाईंको बेला प्रयोग गरिएको ब्यातल सिप पनि हेर्न मौका पाएका थियौ.हामी त्यहा रहेको नेपाली रेस्टुराँमा पनि गएका थियौं जहा दुई जना नेपाली दाजुहरु काम गर्नुहुन्छ.करिब एक हप्ताको बसाई पछि हामी तालियनबाट रेलवे मार्ग हुदै साढे बीस घन्टा पछि उही आफ्नै पुरानो ठाउँ नानजिंग आईपुग्यौं .वास्तवमा तालियन यात्रा एकदमै रमाइलो र अविस्मरनिय रहयो .यात्राको क्रममा खिचिएको केही फोटोहरु तपाईहरुलाई देखाउन गईरहेको छु .
तालियनमा प्राय धनी व्यक्तिहरु बस्ने ठाउँ जहा महँगा महँगा कारहरु वि एम डब्लु , फरारी ,रोल्स रोयस देख्न्न पाइन्छ Read more!



















